समाज


नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ३:४७,

 पहाडबाट झरेको लेदो सडकमा थुप्रिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ।

निरन्तर वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा बुधबार बिहान ६ बजेखि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।

सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भए पनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङले बताए। पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङको भनाई छ।

‘खासै धेरै लेदो झरेको छैन। तर झर्ने क्रम रोकिएको पनि छैन’, तामाङले भने, ‘हटाउन शुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ।’

नारायणगढ-मुग्लिन सडक खण्डमा मंगलबार सानाठूला गरी ४८ पहिरो खसेका थिए।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन। खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन्।

सो सडकको जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad