भारत र चीनबीच सीमामा जारी तनावका विषयमा वार्ता एकातर्फ चलिरहेको छ भने अर्कातर्फ दुवै देशले सैनिक र युद्ध सामग्रीको आपूर्ति बढाइरहेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार भारतले लद्दाखमा चीनको सीमानामा हवाई यातायात बढाएको छ। त्यहाँ धेरै ठन्डा हुन्छ। जाडो आउनुअघि नै भारतले त्यहाँ सेनाका लागि बन्दोबस्तीका सामान आपूर्ति गरिहेको हो।
रोयटर्सका अनुसार हालैका महिनामा तिब्बतसँग सीमा जोडिएको लद्दाखमा भारतले गरेको सबैभन्दा बढी सैन्य तयारी नै यही हो।
भारतका एक सैन्य अधिकारीले रोयटर्ससँग भनेका छन्, ‘चीनले आफ्ना सैनिकको संख्या बढाइरहेको छ। यसकारण हामी पनि पूरै तयारी अवस्थामा रहन आवश्यक छ। तर हामी यहाँ धेरै लामो समय संघर्ष होस् भन्ने पक्षमा छैनौं।’
खासगरी जुन १५ मा भएको झडपमा आफ्ना २० सैनिक मारिएपछि भारतले लद्दाखमा आफ्नो सैन्य शक्ति बढाएको खबरमा उल्लेख छ।

प्रतिक्रिया