चीनका लागि अमेरिकी राजदूत टेरी ब्रानस्टाडले राजीनामा दिने भएका छन्।
नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनअघि नै ब्रानस्टाडले बेइजिङ छाड्ने बताइएको छ।
अमेरिका र चीनबीच तनाव निरन्तर बढिरहँदा राजदूत ब्रानस्टाडले सो निर्णय लिएका हुन्।
अमेरिकी विदेशमन्त्री माइक पम्पिओले सोमबार ब्रानस्टाडको योगदानका लागि धन्यवाद दिएका छन्।
पछिल्लो समय अमेरिकाले चिनियाँ कूटनीतिज्ञहरुमाथि विभिन्न प्रतिबन्ध लगाएपछि चीनले पनि सोहीअनुसारको जवाफी प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले ब्रानस्टाडलाई चीनका लागि राजदूुत बनाएका थिए।
वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङ सन् १९८५ देखि ब्रानस्टाड परिचय र सम्बन्ध रहेको बताइन्छ।
गत साता ब्रानस्टाडले चीनको आलोचना गर्दै लेखेको लेख चीनको सरकारी पत्रिका पिपुल्स डेलीले छाप्न अस्वीकार गरेको थियो। एजेन्सी

प्रतिक्रिया