कला


शाहरुख–सलमान जोडी : एकसाथ सधै सुपरहिट, असल मित्रदेखि कट्टर दुस्मनसम्म

शाहरुख–सलमान जोडी : एकसाथ सधै सुपरहिट, असल मित्रदेखि कट्टर दुस्मनसम्म

नेपालखबर
भदौ २९, २०७७ सोमबार ९:८,

बलिउडमा जब मित्रताका बारेमा चर्चा हुन्छ तब सबैभन्दा पहिला शाहरुख र सलमान खानको नाम आउछ। जबजब यो जोडी एकसाथ फिल्मी पर्दामा देखिन्छ फिल्म सुपरहिट हुन्छ।

फिल्ममा मात्रै होइन वास्तविक जीवनमा पनि शाहरुख र सलमान खान असल मित्र हुन्। बीचमा केही समय उनीहरुको मित्रतामा खटपट भयो। तर फेरि समयक्रमसँगै उनीहरु नजिकिए।

दुवै खानले आफ्नो फिल्म यात्राको सुरुवात ९० को दशकमा गरेका थिए। त्यतिबेलैदेखि यी दुईबीच गहिरो मित्रता थियो। यस यात्रामा उनीहरु दुवैले थुप्रे हिट फिल्म दिइसकेका छन्। तर, यहाँ उनीहरुले एकसाथ काम गरेका फिल्म जसले बलिउडमा इतिहास रचे तिनका बारेमा चर्चा गर्दछौँ।

Shahrukh Khan and Salman Khan's friendship

दुबैको जोडीलाई ‘करण अर्जुन’ जोडी भनिन्छ। शाहरुख र सलमानको मित्रता यस्तो छ कि दुबै एक अर्कालाई सहयोग गर्न सधैँ तत्पर हुन्छन्। चलचित्रदेखि टिभी कार्यक्रमहरू उनीहरु एकसाथ प्रस्तुति दिन तयार हुन्छन् र दिँदै आएका पनि छन्। तर एक समय उनीहरूको मित्रतामा फाटो आयो। मित्रताका लागि सधैँ चर्चामा आउने उनीहरु एक अर्काका कट्टर दुस्मन बने। दुबैको मित्रता ‘असल मित्र’देखि लिएर ‘कट्टर दुस्मन’ र फेरि मित्र बन्नेसम्मको यात्रा पार गर्‍यो।

९० को दशकबाट बलिउड यात्रा शुरु गरेका बादशाह शाहरुख र सुल्तान सलमानबीच सुरुदेखि नै गहिरो मित्रता भयो। उनीहरुको जोडी दर्शकको प्रिय बन्यो, उनीहरुले एकसाथ काम गरेका हरेक फिल्म सुपरहित भए। बक्स अफिसमा पनि राम्रो कमाइ गर्न सफल भए।

karan arjun

‘करण अर्जुन’ आज पनि दर्शकहरुबीच उत्तिकै प्रिय छ। यो फिल्मका गीत अहिले पनि उत्तिकै प्रिय छन्। १३ जनवरी १९९५ मा रिलिज भएको यो फिल्ममा दुई खानका साथमा काजोल, ममता कुलकर्णी, राखी, अमरिश पुरी जस्ता कालकारले शानदार अभिनय गरेका थिए। यो फिल्मले त्यतिबेला कमाइमा नयाँ रेकर्ड कायम गरेको थियो।

 त्यस्तै फिल्क ‘कछ–कुछ होता है’ १९९८ मा रिलिन भयो। यो फिल्म त्यो वर्षको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्यो। फिल्ममा शाहरुख खान र काजोलको रोमान्टिक भूमिका दर्शकले मन पराए। यही फिल्मबाट रानी मुखर्जीको करिअरमा नयाँ तरंग ल्यायो फिल्ममा छोटो भूमिका भए पनि सलमानको भूमिका पनि उत्तिकै महत्वपूर्ण थियो। यो आज पनि दर्शकको रोजाइमा पर्ने फिल्ममध्येको एक हो। यो फिल्मले पनि बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको थियो।

hum tumhare hain sanam

२००२ मा आएको फिल्म‘हम तुम्हारे हैं सनम’ मा पनि शाहरुख र सलमानको जोडी फेरि एकपटक देखियो। यो फिल्ममा माधुरी दीक्षितले शाहरुखको श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन्। यसका साथै फिल्ममा अतुल अग्निहोत्री र सुमन रंगनाथनले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यो फिल्म ८ करोडमा बनेको थियो भने ४८ करोड कमाइ गरेको थियो।

पछिल्लो केही समयदेखि दुई खानले उकसाथ काम गर्ने चर्चा चले पनि त्यसले मूर्तता पाउन सकेको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad