निसान र ड्याटसनका गाडीको भर्चुअल अटो शो सुरु भएको छ। निसान तथा ड्याट्सनको महाराजगञ्जस्थित आधिकारिक डिलर मेगा मोटर्सले कोभिडको अवस्थाका कारण भर्चुअल अटो शो गरेको हो।
कोभिड १९ को कारण हरेक वर्ष हुने नाडा अटो शो नहुने र ग्राहक बाहिर निस्किँदा जोखिम रहेको अवस्थामा डिजिटल रुपमै सबै कुरा जानकारी पाउने मेगा मोटर्सले जनाएको छ।
सोमबार, मंगलबार र बुधबार गरी तीन दिनसम्म चल्ले भर्चुअल अटो शोबाट ग्राहकले शोरुममै हेरेको अनुभूति गर्न पाउने कम्पनीको दाबी छ।
‘शोरुममा आउने ग्राहकका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी उहाँहरुलाई देखाउनसक्छौँ’, मेगा मोटर्सका प्रबन्धनिर्देशक महेश पालले भने, ‘तर कोभिडको जोखिम महशुस गर्दै गाडीको बारेमा रुचि राख्नेलाई अनलाइनबाटै सबै सेवा उपलब्ध गराउँछौँ।’
उनका अनुसार निसान र ड्याट्सनका गाडीको बारेमा बुझ्न खोज्ने ग्राहकको लागि भाइबर, ह्वाट्स एपमार्फत भिजुअल देखाउने गर्छ। त्यसको लागि कम्पनीले ९८५११८९२७२ र ९८५११८९२७६ नम्बरको ह्वाट्स एप र भाइबरबाट सहभागी हुन सकिने जनाएको छ।
ग्राहकले अनलाइनबाट हेरेको गाडी मन पर्यो भने मेघा मोटर्सले टेस्ट ड्राइभ गर्न चाहनेका लागि घरमै गाडी पु¥याउने व्यवस्था समेत गरेको छ।
‘अनलाइनमा कुन गाडी, कस्तो कलर भनेर सबै परिवारले एकै ठाउँबाट हेर्न सक्नुहुन्छ’, पालले भने, ‘गाडी मन पराउनुभयो भने फाइनान्स चाहनुभयो भने अनलाइनबाटै गर्ने व्यवस्था गरेका छौँ।’
यसरी गाडी खरिद गर्दा ग्राहकले डिस्काउन्ट, एसेसरिज, एक वर्षको इन्सोरेन्स, एक आर्थिक वर्षको सडक दस्तुर र मेगा भर्चुअल अटो शो बोनसबापत छुट पाउनेछन्।

प्रतिक्रिया