राजनीति


बालुवाटारमा ओली-दाहाल छलफल, साथमा पौडेल

बालुवाटारमा ओली-दाहाल छलफल, साथमा पौडेल

नेपालखबर
भदौ २८, २०७७ आइतबार १३:५,

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलबीच बालुवाटारमा वार्ता भइरहेको छ।

शुक्रबार सम्पन्न स्थायी समिति बैठकको निर्णयसम्बन्धी अन्तरपार्टी सर्कुलरलाई अन्तिम रुप दिन दुई अध्यक्ष र महासचिवबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

सो बैठकले चैतमा गर्ने तय भएको महाधिवेशनको तयारीमा केन्द्रित हुने निर्णय गरेको थियो।

‘बैठकको निर्णयअनुसार अन्तरपार्टी सर्कुलर गर्ने विषयमा छलफल भइरहेको छ, दुई अध्यक्ष र महासचिवसहित छलफलमा सहभागी हुनुहुन्छु,’ बालुवाटार स्रोतले भन्यो।

प्रचण्डले अन्तरपार्टी सर्कुलर शनिबार तयार पारेपछि त्यसलाई जारी गर्नेबारे तीन नेताबीच छलफल भएको हो।

दुबै अध्यक्षको सहमतिमा त्यसलाई तय गरेर गाउँ कमिटीसम्म पठाइने भएको छ। 

छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत साझा सहमति गर्ने प्रयास हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad