समाज


अपहरणमा परेँ भनेकी महिला आफ्नै डेरामा भेटिएपछि पुगिन् हिरासतमा

अपहरणमा परेँ भनेकी महिला आफ्नै डेरामा भेटिएपछि पुगिन् हिरासतमा

नेपालखबर
भदौ २८, २०७७ आइतबार १३:४,

नेपालगन्जबाट पोखरा जाँदा अपहरणमा परेको भन्दै प्रहरीलाई फोन गर्ने महिला आफ्नै डेरामा फेला परेकी छन्। २६ गते नेपालगन्जबाट पोखरा जाँदै गर्दा चन्द्रौटामा अपहरणमा परेको भन्दै फोन गरेकी महिलालाई प्रहरीले नेपालगन्जमा रहेको उनकै डेरामा फेला पारेको हो।

बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मैनवा घर भई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बस्ने ३३ वर्षीय आशिककुमारी चौधरीले शुक्रबार अपहरणमा परेको भन्दै प्रहरीलाई फोन गरेकी थिइन्।

तर आफ्नै डेरामा बसेर अपहरणको नाटक गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ। उनले अर्कै नामबाट फेसबुक खोली नवलपरासीका एक व्यक्तिलाई ढाँट्दै आएको र उनलाई भेट्नु पर्ने भएपछि यो नाटक गरेको बताएकी छन्।

उनले सानु दहितको नामबाट अर्कै महिलाको फोटो राखी फेसबुक खोलेको पाइएको छ।

उनले नवलपरासीका एक पुरुषलाई फेसबुकमा साथी बनाई फोन सम्पर्क गर्ने गरेको र ती पुरुषले भेट्न वा भिडियोमा कुरा गर्न खोज्दा विभिन्न बहाना गरी पन्छिने गर्दै आएकी थिइन्।

ती पुरुषलाई शुक्रबार उनले पोखरामा पनि घर छ, म पोखरा जाँदै छु, बाटोमा भेटी सँगै पोखरा जाऊँ भनेकी थिइन्।

नेपालगञ्जबाट आफ्नै गाडीमा आउँदै गरेको बताएकी महिलाले चन्द्रौटामा पुग्दा अपरिचित व्यक्तिहरुले अपहरण गरी, एउटा कोठामा लगी आफ्नो साथमा भएको सुन, मोबाइल, गाडीको चाबी लगेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीले अनुसन्धान गर्ने क्रममा शनिबार फुलटेक्रास्थित उनकै डेरामा फेला पारेको थियो। उनले २२ वर्षकी केटी हुँ भन्दै आफ्नै व्यापार भएको, नेपालगञ्ज र पोखरामा घर भएको भनि झुटो कुरा बताएको, फेसबुकको प्रोफाइलमा आफ्नो फोटो नराखी अन्य महिलाको फोटो राखेको पाइएको छ।

तर भेटघाट गर्नु पर्ने बाध्यता परेपछि उक्त कार्य गरेको प्रारम्भिक बयान दिएकी छन्। उनले फेसबुकमा साथी बनाई रोमान्स गर्न नाटक गरेको बताएको बाँके प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad