राजनीति


कोरोनाको नि:शुल्क उपचार गर्ने नीति परिमार्जन गर्नपर्ने हुनसक्छ: प्रधानमन्त्री ओली

कोरोनाको नि:शुल्क उपचार गर्ने नीति परिमार्जन गर्नपर्ने हुनसक्छ: प्रधानमन्त्री ओली

नेपालखबर
भदौ १३, २०७७ शनिबार १६:२१,

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कोरोना बिरामीको नि:शुल्क उपचार गर्ने नीतिमा परिमार्जन हुनसक्ने बताएका छन। 

हाल सरकारले मापदण्डमा परेका सबैको नि:शुल्क परीक्षण तथा उपचार गर्दै आएको छ। 

प्रधानमन्त्री ओलीले प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा छिमेकी देशले पनि नसकेको अवस्थामा नेपालमा सबैको निशुल्क उपचार गरेर असाधारण काम गरेको बताए।

'कतिपय देशले कसैका लागि एकपैसा उपचार खर्च पनि गर्दैन। लक्षण देखिए अस्पताल जाउ, जचाउ, उपचार गर भन्छ,' प्रधानमन्त्री ओलीले भने, 'हामी गरिब-धनी नभनेर निशुल्क उपचार गर्छौं। यसमा सुधार गर्नुपर्ने हुनसक्छ। जसको कोही छैन त्यसको सरकार छ। जो आफै सम्पन्न छ उसले आफ्नै खर्चमा उपचार गर्न सक्छ। सबैको खर्च सरकारले व्यहोर्नुपर्ने आवश्यकता छैन।हामीले त्यसमा विचार गर्नुपर्छ।'

उनले उप-प्रधानमन्त्री इश्वर पोखरेल नेतृत्व कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई परिवर्तन गर्न आवश्यक नभएको समेत बताए।

'जनताको सचेतना जगाउनु छोडेर काम गरिरहेको मान्छेलाई परिवर्तन गरेर केही हुन्छ जस्तो मलाई लाग्दैन,' प्रधानमन्त्री ओलीले भने, 'जे कदम चालेको छ त्यो सरकारका लागि हो भन्ने कतिपयले ठाने। सरकारका कदम आफ्ना लागि चालिरहेको हो भनेर बुझ्नुपर्छ।'

यस्तै प्रधानमन्त्री ओलीले अहिले अमेरिका, युरोपेली मुलुक लगायतले समेत बेसार खोज्दा पाउन नसकेको बताएका छन्।

‘दुनियाँमा अहिले बेसार अभाव भएको छ, अमेरिकाले खोजेको छ, युरोपले खोजिरहेको छ, तर अभाव छ सबैतिर,’ उनले भने, ‘यो एउटा मसालाको रुपमा मात्र र स्वादका लागि मात्र सीमित रहेन।’

बिभिन्न रोग लागेका व्यक्तिहरुले एक गिलास दुधमा सानो एक चमच बेसार राखेर खाँदा त्यसले रोग नियन्त्रण गर्न निकै ठूलो काम गर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad