प्रधानमन्त्री केपी शर्मा ओलीले संसारभर कोरोना महामारी फैलिएपछि अहिले विश्वबजारमा बेसारको अभाव भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले अहिले अमेरिका, युरोपेली मुलुक लगायतले समेत बेसार खोज्दा पाउन नसकेको बताएका छन्।
‘दुनियाँमा अहिले बेसार अभाव भएको छ, अमेरिकाले खोजेको छ, युरोपले खोजिरहेको छ, तर अभाव छ सबैतिर,’ प्रधानमन्त्री ओलीले प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा भनेका छन्, ‘यो एउटा मसालाको रुपमा मात्र र स्वादका लागि मात्र सीमित रहेन।’
बिभिन्न रोग लागेका व्यक्तिहरुले एक गिलास दुधमा सानो एक चमच बेसार राखेर खाँदा त्यसले रोग नियन्त्रण गर्न निकै ठूलो काम गर्ने उनले बताए।

प्रतिक्रिया