बलिउडकर्मीको हेपाहा प्रवृत्ति साथै बलिउडमा व्याप्त नातावादका कारण सुशान्तले आत्महत्या गरेको टिप्पणी गरिन्छ।
सुशान्तलाई अफर गरिएका चलचित्रमा सुशान्तलाई हटाएर बलिउडकर्मीका छोराछोरीलाई अभिनय गराइएको भारतीय संचारमाध्यमले जनाएका छन्।
यी कारणहरुले सुशान्त डिप्रेसनमा गएको विश्लेषण गरिन्छ। यसबीचमा सुशान्तका बुबा के.के सिंहले भने सुशान्तकी प्रेमिका रिया चक्रवर्तीमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लगाएका छन्।
जसका कारण यतिबेला रिया चक्रवर्ती निकै विवादित बनेकी छिन्। सुशान्तसँग प्रेममा हुँदाहुँदै २८ वर्षकी रियाले उनलाई छाडेर आलिया भट्टकी पिता ७१ वर्षका महेश भट्टसँग प्रेम सम्बन्ध स्थापित गरेको चर्चा चलेको थियो।
यो प्रसंगमा रियाले महेश भट्ट सँधै आफ्ना लागि पिता समान भएको बताएकी छिन्। आफूलाई पिता समान व्यक्तिको प्रेमिकाको रुपमा चर्चा गरिनु गलत भएको उनको भनाइ छ।
खबरहरुका अनुसार रिया र सुशान्त एकै अपार्टमेन्टमा बस्दथे। जुन ८ मा सुशान्तले विना कारण अपार्टमेन्ट छाड्न भनेपछि आफू निकै दुखी बनेको उनको भनाइ छ। आफूले सुशान्तलाई निकै माया गरेको तर सुशान्तले आफूमाथि नराम्रो व्यवहार गरेको उनको भनाइ छ।
सुशान्तको परिवारले रियाले सुशान्तको पैसाले पार्टी, सपिङ गर्ने गरेको आरोप लगाएका छन्। यस विषयमा रियाले आफूले कहिल्यै सुशान्तको पैसामा नबाँचेको प्रतिक्रिया दिएकी छिन्।
हाल सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा भारतको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ। एजेन्सी
यो पनिः सुशान्तकी गर्लफ्रेन्डले खोलिन् मुख, भन्छिन्स् म सुशान्तको पैसामा बाँचेकी थिइनँ

प्रतिक्रिया