राजनीति


नेकपाले ६ महानगरसहित सबै जिल्लाका इन्चार्जको टुंगो लगायो

नेकपाले ६ महानगरसहित सबै जिल्लाका इन्चार्जको टुंगो लगायो

नेपालखबर
साउन ५, २०७६ आइतबार १०:१६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले जनाकारी दिए।

७७ जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सह-इन्चार्ज टुंगो लागेको प्रवक्ता श्रेष्ठले बताए।

टुंगिएका ८३ स्थानमा एमालेको भागमा ४५ र माओवादीको भागमा ३८ इन्चार्ज परेका छन्।

इन्चार्ज पूर्व एमालेको भएका जिल्लामा सह इन्चार्ज पूर्व माओवादी र माओवादीका भागमा इन्चार्ज परेको जिल्लामा सह इन्चार्ज पूर्व एमाले रहने सहमति यसअघि नै भइसकेको छ। त्यही समहति अनुसार इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएको हो।

नेकपाको अर्को बैठक पर्सि (मंगलबार) बस्ने र सोही बैठकले आयोग र विभागको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

अर्को बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad