चीनले टापू राष्ट्र ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्दै आएको छ। यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ।
ताइवान चीनबाट अलग्याउन खोज्नेबाट खतरा बढेको भन्दै चीनका राष्ट्रपति सी चिनफिङले केही समय अगाडि आफ्ना सेनलाई युद्धको लागि तयार हुन आदेश दिएका थिए।
चीनले ताइवान नजिकका तटीय क्षेत्रमा हतियारहरु पनि तैनाथ गर्न थालेको छ। यसबीचमा ताइवानले पनि रक्षात्मक गतिविधिहरु बढाएको छ।
हाल ताइवान र चीनको समुद्री सीमा क्षेत्रमा चिनियाँ गतिविधिहरु बढ्न थालेपछि ताइवान चनाखो भएको छ। आज सोमबार मात्र ताइवानले आफ्ना हवाई सेनालाई दुश्मनलाई पहिले आक्रमण नगर्नु भनेर आदेश दिएको छ।
हाल चीनका युद्धक विमानहरु अवैधानिक रुपमा ताइवानको हवाई क्षेत्रमा प्रवेश गर्न थालेको ताइवानको आरोप छ। ताइवानको हवाई सेनाले सोमबार आफ्ना पाइलटहरुलाई गल्तीले पनि चिनियाँ सेनाविरुद्ध पहिले आक्रमण नगर्न आदेश दिएको हो।
यसैबीच सीमा क्षेत्रमा गस्तीका लागि पनि अनुभवी पाइलटलाई मात्र पठाइने ताइवानको भनाइ छ।
केही समय अगाडि मात्र ताइवानकी राष्ट्रपति साइ इंग–वेनले ताइवानले यसवर्ष देशमा शक्तिशाली हतियार भित्र्याउने बताउँदै चीनको नीति ताइवानमा लागू नहुने बताएकी थिइन्। एससीएमपी
यो पनिः ‘चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यास ताइवान कब्जा गर्ने योजना’

प्रतिक्रिया