राजनीति


पहिरो प्रभावितका लागि राहत सामग्री लिएर गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल प्रस्थान

पहिरो प्रभावितका लागि राहत सामग्री लिएर गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल प्रस्थान

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ८:५५,

गृहमन्त्री रामबहादुर थापा पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका प्रस्थान गरेका छन्।

शुक्रबार दिउँसो गृहमन्त्री थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो प्रभावितलाई राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्।

लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परेर बेपत्ता ३८ मध्ये अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने ३३ जना अझै बेपत्ता रहेका छन्। १५ जनाले भने भागेर ज्यान जोगाएका छन्।

यसअघि नै प्रतिनिधिसभाका सभामुख बिहानै पहिरो गएको स्थलमा पुगी उद्धार र राहत कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सहयोग गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad