राजनीति


सात वर्षे कार्यकाल पुरा गरी फर्किइन् बंगलादेशी राजदूत साम्स

सात वर्षे कार्यकाल पुरा गरी फर्किइन् बंगलादेशी राजदूत साम्स

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १५:४२,

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सलेले शिष्टाचार भेट गरेकी छन्। सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा उनीहरुबीच पाँच दशकदेखि नेपाल र बंगलादेशबीच रहिआएको अत्यन्त घनिष्ठ र बहुआयमिक मैत्रीपूर्ण सम्बन्धका विषयमा केन्द्रित रहेर विचारविमर्श भएको थियो।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गरेका रक्षा मन्त्रालयले जानकारी दिएको छ। नेपालमा सात वर्षको कार्यकाल पूरा गरी राजदूत साम्स केही समयपछि स्वदेश फर्कंदै छिन्।

उपप्रधानमन्त्री पोखरेलले भने, ‘नेपाल बसाइको अवधिमा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ।’

विभिन्न प्रकारका प्राकृतिक विपत्तिबाट प्रभावित भइरहने नेपाल र बंगलादेश साझा समस्याबाट गुज्रिरहेको हुँदा सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै उनले २०७२ को भूकम्पपश्चात् पीडितलाई उपलब्ध गराइएको राहत र सहयोगका लागि राजदूत साम्सलाई धन्यवाद ज्ञापन गरे।

नेपाल र बंगलादेशका सेनाबीच हुने संयुक्त अभ्यास, तालीम तथा प्रशिक्षणबाट सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको बताउँदै रक्षामन्त्री पोखरेलले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वमा शान्ति स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्न पाउनु गौरवपूर्ण भएको उल्लेख गरेका थिए।

सो अवसरमा राजदूत साम्सले दुवै देशबीच व्यापार, पर्यटन, जलस्रोत र लगानी प्रवद्र्धनलगायत कार्यमार्फत सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको धारणा विचार प्रकट गरे। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्नुपर्छ भन्दै उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा दुई देशको साझा धारणा रहँदै आएको विचार व्यक्त गरिन्।

दुई देशका सेनाबीचसमेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै राजदूत साम्सले आगामी दिनमा दुई देशबीच पारस्परिक सहयोगको क्षेत्रलाई थप फराकिलो पार्दै जान बंगलादेश प्रतिबद्ध छ भनिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad