ad ad

राजनीति


ओलीः सचिवालय बैठकबाट सहमति खोजौं, प्रचण्डः स्थायी कमिटी अलपत्र पारेर सचिवालयमा कसरी जाने?

ओलीः सचिवालय बैठकबाट सहमति खोजौं, प्रचण्डः स्थायी कमिटी अलपत्र पारेर सचिवालयमा कसरी जाने?

नेपालखबर
साउन १९, २०७७ सोमबार ५:४१,

सत्तारुढ नेकपा पार्टी भित्रको विवादको समाधान खोज्न निरन्तर असफल हुँदै आएको छ।

सोमबार बालुवाटारमा भएको भेटमा पनि आ–आफ्ना अडान राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिमा पुगन सकेनन्।

बैठकमा अध्यष प्रचण्डको साथमा रहेका वरिष्ठ नेता झलनाथ खनालका अनुसार आजको भेटमा पनि प्रधानमन्त्री ओलीले जारी विवादको समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन तयार रहेको बताएका छन्।

तर प्रचण्डले जारी स्थायी कमिटीको बैठकबाट नै विवादको हल खोज्नुपर्ने अडान लिएपछि सहमति जुट्न सकेन्।

‘अहिले स्थायी कमिटीमा छलफल गर्दा विवाद चर्किएको छ, यसलाई समाधान गर्ने हो भने सचिवालय बैठक बोलाउँ, तपाईं र म छौं सहमति गरौं’, ओलीले प्रचण्डलाई राखेको प्रस्ताव उधृत गर्दै स्रोतले भन्यो, ‘स्थायी कमिटीको बैठक अलपत्र पारेर सचिवालयमा छलफल कसरी गर्ने भन्दै प्रचण्डले ओलीलाई प्रश्न गरे।’

सचिवालय वा स्थायी कमिटी कुनबाट सहमति खोज्ने भन्ने विषयमै असहमति भएपछि भोलि फेरि बस्नेगरि बैठक सकिएको छ।

आइतबार ओली र प्रचण्डबीच कुरा नमिलेपछि सोमबार भेटवार्ता भएको हो।

भेटवार्तामा वरिष्ठ नेता खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .