ad ad

राजनीति


‘इनफ इज इनफ’का सत्याग्रहीलाई कांग्रेसको समर्थन

‘इनफ इज इनफ’का सत्याग्रहीलाई कांग्रेसको समर्थन

नेपालखबर
साउन १३, २०७७ मंगलबार १०:२७,

नेपाली कांग्रेसका नेताहरुले बसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्।

नेताहरुले बसन्तपुर पुगेर आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न माग राख्दै सत्याग्रहमा बसेका युवाहरुको अभियानमा समर्थन रहेको बताएका हुन्।

नेता प्रकाशमान सिंहले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी वातावारण कदम चाल्न नसकेको बताए। आम जनतामा असुरक्षाको वातावारण बढ्दै गएकाले सरकारलाई गम्भीर हुन सत्याग्रहीहरुको माग रहेको उनले बताए।

कांग्रेसले संसद र पार्टीको केन्द्रीय समिति बैठकबाट समेत कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै आएको र अभियानमा संलग्न युवाहरुले स्वतन्त्र रुपमा उठाएका विषयहरु मेल खाएकाले पार्टीको समर्थन रहेको उनले बताए।

नेपाल विद्यार्थी संघका पूर्व सभापति नैनसिंह महरले कुनै पनि समुदाय र वर्गबाट सरकारले गरेका गलत कामहरुको विरुद्धमा आवाज उठेमा त्यसको समर्थन कांग्रेसले गर्ने बताए।

सिंह र महरसँगै कांग्रेस नेताहरु नवीन्द्रराज जोशी, रामहरी खतिवडा र काठमाडौं महानगरपालिकाका मेयर हरिप्रभा खड्की लगायतको सहभागिता रहेको थियो।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो। आफूहरुसँग गरेका प्रतिवद्धताहरु पुरा नभएपछि अभियन्ताहरुले सत्याग्रह सुरु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .