ad ad

कारोबार


घर किन्न तथा नयाँ बनाउन ४० प्रतिशत मात्रै रकम जुटाए हुने

घर किन्न तथा नयाँ बनाउन ४० प्रतिशत मात्रै रकम जुटाए हुने

नेपालखबर
साउन १३, २०७७ मंगलबार १०:३१,

घर किन्न तथा नयाँ घर बनाउनको लागि अब ४० प्रतिशत मात्रै रकम भए पुग्ने भएको छ। नेपाल राष्ट्र बैंकले ६० प्रतिशत कर्जा तत्काल प्रदान गर्न बैंकहरुलाई निर्देशन दिएको हो।

मौद्रिक नीतिमा उल्लेख घर बनाउन तथा नयाँ बनाउनको लागि ६० प्रतिशत कर्जा प्रदान गर्ने व्यवस्था गरिएको र सो व्यवस्था कार्यान्वयन गर्न भन्दै बैंकलाई निर्देशन दिएको छ।

राष्ट्र बैंक भनेको छ, ‘मौद्रिक कार्यान्वयन सम्बन्धि एक निर्देशिका जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा बढीमा ६० प्रतिशतसम्म कर्जा दिनुपर्नेछ।’

काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ।

तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो बढीमा ६० प्रतिशतसम्म कायम गर्नुपर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .