सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको पार्टीको स्थायी समिति बैठकले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि तय भएको स्थायी समिति बैठक स्थगित गर्नु विधिबिपरित र अनुचित भएको ठहर गरेको छ।
‘मंगलबारका लागि बैठकको मिति जारी स्थायी समिति बैठकबाटै तय भएको थियो। सो बैठक विधिविपरित स्थगित भएको सूचना जारी गर्नु उचित थिएन,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा भएको सो बैठकपछि पत्रकारहरुसँग भने।
उनले अब अध्यक्ष ओलीसँग छलफल गरी पार्टीमा सहमतिको वातावरण बनाउने जिम्मेवारी अर्का अध्यक्ष प्रचण्डलाई दिएको जानकारी गराए।

प्रतिक्रिया