ad ad

राजनीति


स्थायी समिति बैठकबारे आफूनिकट नेताहरुसँग छलफल गर्दै प्रचण्ड

स्थायी समिति बैठकबारे आफूनिकट नेताहरुसँग छलफल गर्दै प्रचण्ड

नेपालखबर
साउन १२, २०७७ सोमबार ७:९,

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठकलाई लिएर आफूनिकट नेताहरुसँग छलफल तीव्र पारेका छन्।

पटक–पटक स्थगित हुँदै आएको नेकपा स्थायी समिति बैठक मंगलबार (भोलि) बस्दै छ। बैठकका विषयमा दुई अध्यक्षबीच सहमति नभएपछि दुवै अध्यक्षहरु छुट्टाछुटै छलफलमा व्यस्त रहेका छन्।

 एक हप्ताको स्थगनपछि बस्ने लागेको स्थायी समितिको बैठकका लागि कार्यकारी अध्यक्ष प्रचण्डले नेताहरूसँगको परामर्शलाई तीव्रता दिएका हुन्

सोमबार बिहान गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापासँग खुमलटार निवासमा छलफल गरेका प्रचण्ड त्यसलगत्तै वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग कुरा गरिरहेका छन्।

बाढी पहिरोमा परेर ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गर्दै साउन ६ गते बसेको बैठक साउन १३ गतेका लागि सारिएको थियो। भोलि बस्ने बैठकलाई एजेन्डामै केन्द्रित रहेर छलफल गराउनु पर्ने नेताहरूले माग गरेपछि प्रचण्डले नेताहरूसँग परामर्श गरेका हुन्।

साउन ९ गते बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .