अन्तर्राष्टिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुष क्रिकेट वर्ल्डकप सुपर लिग आयोजना गर्ने घोषणा गरेको छ। आईसीसीले सोमबार यही जुलाई ३० देखि सुपर लिग गर्ने घोषणा गरेको हो।
बेलायतको साउथहेम्टनमा सुरु हुने सुपर लिगमा पहिलो खेलमा इङल्याण्ड र आयरल्याण्ड खेल्नेछन्।
एक दिवसीय क्रिकेटका पूर्ण सदस्य १२ टोलीसहित नेदरल्याण्डले सुपर लिग खेल्नेछन्। नेदरल्याण्ड आईसीसी विश्व क्रिकेट सुपर लिग २०१५–०१७ जितेर क्वालिफाइ भएको थियो। १३ टोलीले सुपर लिगको तीन खेलको म्याच शृंखलामा प्रत्येक टोलीले चारवटा होम र चारवटा अवे खेल खेल्नेछन्।
सुपर लिगका शीर्ष सात टोलीले २०२३ मा भारतमा हुने विश्वकप क्रिकेटमा सहभागी हुनेछन्। अन्य खेलको तालिका छलफल गरेर छिट्टै जानकारी दिने आईसीसीले जनाएको छ।
3
Shares
प्रतिक्रिया