ad ad

राजनीति


ओलीलाई हटाउनेदेखि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनेसम्म, यस्ता छन् डा. भट्टराईका पाँच प्रस्ताव

ओलीलाई हटाउनेदेखि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनेसम्म, यस्ता छन् डा. भट्टराईका पाँच प्रस्ताव

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ५:४७,

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अहिले देशमा देखिएको संकट हल गर्नका लागि पाँच प्रस्ताव राखेका छन्।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर नेकपाभित्रबाटै नयाँ प्रधानमन्त्री चयन गर्नेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउने प्रस्ताव गरेका हुन्।

देश संकटतर्फ जाँदै गरेको र लोकतान्त्रिक ढंगले संकट मोचनका लागि भन्दै  डा. भट्टराईले यी पाँच प्रस्ताव अगाडि सारेको बताएका छन्।

डा. भट्टराईले संसद अधिवेशन बोलाउन, प्रधानमन्त्री ओलीलाई बिदा गरेर नेकपाभित्रबाटै नयाँ प्रधानमन्त्री बनाउन, अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान प्रस्ताव गरेका हुन्।

‘देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौंः १. संसद अधिवेशन बोलाऊँ, २. केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं, ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ, ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं, ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएका थिए। सर्वोच्च अदालतले श्रीमतीको हत्या गरी जलाएका पूर्वडीआईजी रञ्जन कोइरालाको आधाभन्दा बढी सजाय छुट गरिदिएपछि उनले प्रधानन्यायाधीशले अपराधको संरक्षण गरेको भन्दै न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन्। कार्यकारी राष्ट्रपतीय प्रणालीको र भ्रष्टचार रोक्न लोकपालको गठनको प्रस्ताव भट्टराईका पुरानै प्रस्ताव हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .