ad ad

समाज


उदयपुरमा आफू चढेकै ट्याक्टरले किच्दा एक जनाको मृत्यु

उदयपुरमा आफू चढेकै ट्याक्टरले किच्दा एक जनाको मृत्यु

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ५:१६,

उदयपुरको बेलकामा आफू चढेकै ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ।

उदयपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ सवा ५ बजे बेलका नगरपालिका वडा नम्बर १, आम्बासीमा स्थानीय ४५ वर्षीय तीर्थबहादुर कार्कीलाई गुडिरहेको को २ त ५१८२ नम्बरको ट्याक्टरबाट लड्दा पछिाडिको चक्काले किचेको हो।

गम्भीर घाइते अवस्थामा धरानस्थित अस्पताल पठाएकामा उपचारकै क्रममा राति सवा ७ बजेतिर उनको मृत्यु भएको उदयपुर प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिए।

किच्ने ट्याक्टर र चालक उदयपुरको चौदण्डीगढी वडा नम्बर १ का १८ वर्षीय सूर्य परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .