राजनीति


वैज्ञानिक वन व्यवस्थापनका नाममा जथाभावी फडानी

वैज्ञानिक वन व्यवस्थापनका नाममा जथाभावी फडानी

नेपालखबर
साउन ७, २०७७ बुधबार ११:१,

वनविज्ञ सन्तोषमणि नेपालले वैज्ञानिक वनको नाममा जथाभावी रुख काट्ने, सोझो सालको मात्रै रुख काट्ने र आर्थिक हिनामिना हुने समस्या देखिएको बताएका छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बुधबार भएको छलफलमा नेपालले तोकिएको भन्दा बढी रुख कटान हुने र वैज्ञानिक वनका नाममा व्यापक भ्रष्टाचार हुने गरेको बताए।

उनले अनियन्त्रित ढंगले रुख कटान गर्ने प्रवृतिलाई नियन्त्रण गर्नुपर्ने बताए। नियामक निकाय र व्यापारिक संस्था फरक हुनुपर्ने उनको भनाई छ।

अनियन्त्रित रुपमा हुने फडानी रोकेर वन क्षेत्रलाई उत्पादनशील बनाउन सकिए समृद्धि हासिल गर्न सकिने अर्का विज्ञ डा. कृष्णचन्द्र पौडेलले बताए। पौडेलले नेपालको आधाभन्दा बढी क्षेत्र ओगटेको वन क्षेत्रको विकास गर्न सके १२ लाख प्रत्यक्ष रोजगारी सिर्जना हुने बताए।

अहिले १ लाख पूर्णकालिन रोजगारीमा जोडिएको उल्लेख गर्दै उनले वन क्षेत्रबाट मात्रै वार्षिक १ खर्ब राजस्व प्राप्त गर्न सकिने बताए। वैज्ञानिक वन उत्पादन गर्ने क्षमता मन्त्रालय र उपभोक्तासँग समेत नभएकाले क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने उनले बताए।

सांसदहरुले यसको व्यवस्थापनका क्रममा आएका समस्याहरु दिगो समाधान गरी अगाडि बढ्नुपर्ने बताएका छन्। वैज्ञानिक वन व्यवस्थापनका लागि बनेका नीति नियमहरुको कार्यान्वयन गर्दै यसको व्यवस्थापन सुधार गर्नुपर्ने उनीहरुको जोड छ। सार्वजनिक लेखा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले उपसमिति गठन गरेर वन व्यवस्थापनका नाममा भएको अनियमितता छानविन गरिरहेको छ।

पछिल्लो समय वन फडानी तिव्र गतिमा बढेको, लक्ष्यअनुसारको राजस्व संकलन नभएको समस्याहरु बाहिर आएपछि छानबिन सुरु भएको हो। करिब १३ लाखलाई रोजगारी प्रदान गर्दै वार्षिक एक खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य सरकारको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad