नेपाल उद्योग वाणिज्य महासंघको महासंघको ५४औँ वार्षिक साधारणसभा र निर्वाचन साउन २६ र २७ गते नै हुने भएको छ।
ललितपुरको हेरिटेज गार्डेनमा गर्ने र त्यसको लागि ललितपुर प्रहरी प्रशासनसँग अनुमति माग गरेको छ।
ठूलो संख्यामा मानिसहरु उपस्थिति हुनपर्ने भएकोले महासंघले अनुमति माग गरेको छ। महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत समयमा नै निर्वाचन हुनसक्नेमा शंका रहेको भन्दै दिएको अभिव्यक्ति र त्यसपछि आएको समाचारहरुलाई समेत महासंघले खण्डन गरेको छ।
कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा FNCCI को निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौती थपेको छ ।
— Shekhar Golchha (@golchha_shekhar) July 21, 2020‘महासंघले सम्पन्न गर्ने ५४औँ वार्षिक साधारणसभा र निर्वाचनको बारेमा दिइने सूचना तथा जानकारीका आधिकारिक स्रोत महासंघको सचिवालय हो भन्ने कुरालाई पूर्ण रूपमा बेवास्ता गरी यस प्रकारका प्रेस विज्ञप्ति प्रकाशित गर्ने÷गराउने कार्यले गलत सूचना प्रवाह गर्ने मात्र नभई नेपाल उद्योग वाणिज्य महासंघजस्तो निजी क्षेत्रको प्रतिष्ठित संस्थाको संस्थागत मर्यादामा समेत चोट पुर्याउनुका साथै सम्बन्धित सबै सदस्यहरूबीच भ्रम पैदा गर्दछ’, महासंघले भनेको छ, ‘महासंघले वार्षिक साधारणसभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारणसभा सम्पन्न गर्ने तयारीमा रहेको व्यहोरा स्पष्ट पार्दछ।’
— Shekhar Golchha (@golchha_shekhar) July 22, 2020पदभार ग्रहण गर्ने इच्छा भन्दा बढी सदस्य साथीहरू प्रतिकाे सुरक्षा दायित्वले घच्घच्याइ रहेछ । लकडाउन खुल्दै गर्दा देशैभरिका १००० व्यवसायीलाई एकै स्थानमा जम्मा गर्दा कतै सुरक्षा जाेखिम हाेला कि भन्ने नैतिक प्रश्नले पिरोलेकाे छ मलाई तर यसलाई अर्कै रंग दिन खाेजिएकाे देख्दा दुख लाग्छ ।
Shares

प्रतिक्रिया