राजनीति


स्थायी कमिटी बैठकअघि ओली–प्रचण्ड छलफलमा

स्थायी कमिटी बैठकअघि ओली–प्रचण्ड छलफलमा

नेपालखबर
साउन ६, २०७७ मंगलबार ७:३३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ।

मंगलबार दिउँसो १ बजेको लागि तय गरिएको स्थायी कमिटीको बैठकअघि ओली–प्रचण्ड छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

पार्टीभित्र देखिएको विवादकाबीच स्थायी समिति बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा दुई अध्यक्षबीच छलफल हुने बताइएको छ।

यसअघि मंगलबार बिहान प्रचण्डले महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग छलफल गरेका थिए।

त्यस्तै मंगलबार बिहान नै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि अध्यक्ष प्रचण्डले छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad