राजनीति


संसदको रिक्त समानुपातिक सिटमा ज्वारचन, आज सपथ लिँदै

संसदको रिक्त समानुपातिक सिटमा ज्वारचन, आज सपथ लिँदै

नेपालखबर
साउन ४, २०७७ आइतबार ५:१६,

सभामुख अग्निप्रसाद सापकोटाले आज आइतबार गुल्मीकी सुवर्ण ज्वारचनलाई समानुपातिकतर्फ संसद सदस्यको रुपमा पद तथा गोपनीयताको सपथ गराउँदै छन्।

समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त रहेको प्रतिनिधि सभा सदस्यको पदमा ज्वारचनलाई नियुक्त गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको हो।

नेपाली कांग्रेसकी उम्मेदवार गुल्मीकी छन्त्यालको असार १७ मा निधन भएको थियो।

ज्वारचनलाई आइतबार २ बजे सपथ गराउने कार्यक्रम छ।

याे पनि: 
सांसद ज्ञानकुमारी छन्त्यालको निधन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad