समाज


मोटरसाइकल दुर्घटनामा सहकारी संस्थाका प्रमुखको मृत्यु

मोटरसाइकल दुर्घटनामा सहकारी संस्थाका प्रमुखको मृत्यु

नेपालखबर
साउन ४, २०७७ आइतबार ४:१६,

झापाको कमल गाउँपालिका-३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा मे१०प ९८२६ नम्बरको मोटरसाइकल राजमार्गमा उभिएको राँगासँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लम्सालको उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार २६ वर्षीय धर्मेन्द्र सुवेदी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि विराटनगरको नोबेल हस्पिटलमा भर्ना गएिको छ।

मृतक लम्साल झापा गाउँपालिका–६ का बासिन्दा हुन्। उनी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख र घाइते सुवेदी शिवगञ्ज शाखाका प्रमुख थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad