हङकङलाई प्रदान गर्दै आएको विशेष हैसियत खारेज गरेको घोषणा गर्दै ट्रम्पले चीनले कोरोना भाइरसको जानकारी लुकाएको र कोरोनाको खतराबारे सुरुमै सूचित नगर्दा विश्वभर कोरोना फैलिएको आरोप लगाएका हुन्।
ट्रम्पले भनेका छन्,‘हामी कोरोना भाइरस विश्वभर फैलिनुमा चीनलाई सिधै जिम्मेवार ठहर्याउँछौं।’
सो क्रममा ट्रम्पले चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेर हङकङको स्वतन्त्रता खोसेको आरोप लगाए।
चीनले हङकङको विषय आन्तरिक मामिला भएकाले अमेरिकाले यो विषयमा हस्तक्षेप गर्न नहुने बताउँदै आएको छ। एजेन्सी
प्रतिक्रिया