राजनीति


भारतीय सञ्चारमाध्यमको आपत्तिजनक प्रस्तुतिबारे नेपालले भारतलाई पठायो कूटनीतिक नोट

भारतीय सञ्चारमाध्यमको आपत्तिजनक प्रस्तुतिबारे नेपालले भारतलाई पठायो कूटनीतिक नोट

नेपालखबर
असार २८, २०७७ आइतबार ११:५४,

केहि समययता भारतीय सञ्चारमाध्यममा नेपालबारे प्रसारण गरिएका समाचार सामग्रीहरु आपत्तिजनक भएकोले त्यसविरुद्ध तत्काल कदम चाल्न आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ।

सो नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्‍याएको बताइएको छ।

‘न्यूनतम पेशागत मर्यादा पनि कायम नगरेकाे घृणाजनक अभिव्यक्तिले नेपाल र नेपालीको अपमान गर्ने र नियतवश सुरु गरिएका त्यस्ता अभियानले दुई देशबीचको सम्बन्धमा समेत खलल पुर्‍याउँछ,’ सो नोटमा भनिएको छ।

यस्ता सामग्रीले आम जनतालाई गलत सूचना दिने र भ्रमित गर्ने मात्र नभई एउटा सभ्य समाजमा अपेक्षा गरिने न्यूनतम सार्वजनिक मर्यादालाई समेत आघात पुर्‍याउने सो नोटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad