राजनीति


निर्वाचन आयोगले दियो ‘जनता समाजवादी पार्टी’लाई आधिकारिकता

निर्वाचन आयोगले दियो ‘जनता समाजवादी पार्टी’लाई आधिकारिकता

नेपालखबर
असार २८, २०७७ आइतबार ११:२१,

जनता समाजवादी पार्टी (जसपा)ले दल दर्ताको आधिकारिकता पाएको छ। निर्वाचन आयोगले आइतबार सो दललाई जनता समाजवादी पार्टी बनेको आधिकारिकता दिएको हो।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले एकीकरण गरेर जनता समाजवादी पार्टी घोषणा गरेका थिए। सरकारले वैशाख ८ गते दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएपछि महन्थ ठाकुरको संयोजकत्वमा रहेको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले त्यसलगत्तै दुई पार्टी एकताको घोषणा गरेका थिए।

निर्वाचन आयोगकी सचिव देव कुमारी गुरागार्इंले दुवै दल एक भएपछि बनेको जसपालाई निर्वाचन चिह्न र झण्डा असार २४ गते दिइएको जानकारी दिइन्।

एकतापछि जसपाका दुई अध्यक्ष ठाकुर र यादवले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी दल दर्ता प्रमाणपत्र र आधिकारिक पत्र प्राप्त गरेको जनाएका छन्।

एकतापछि दलको कार्यालय बालकुमारी ललितपुरमा रहनेछ। जसपामा ३३ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad