सेयर परिसूचक नेप्से आइतबार ९ दशमलव ०२ अंकले बढेको छ। आइतबार १ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको सेयरबजारमा २६ लाख कित्ता सेयर किनबेच भएको हो।
आइतबार बैंक होटल र हाइड्रो समूहको सेयर घटेको र अन्य सबै समूहको सेयर बढेको छ।
वाणिज्य बैंकहरुको समग्रमा १ दशमलव १४ अंकले सेयर घटेको छ। विकास बैंकको ४ अंकले घटेको तथा होटल समूहको सबैभन्दा धेरै ५३ दशमलव २२ अंकले सेयर गिरावट आएको छ।
तर बीमा कम्पनीहरुको अत्यधिक मात्रामा सेयर उकालो लागेको छ। जीवन बीमा १९७ अंक र निर्जीवन बीमा ८० अंकले बढेको छ।
3
Shares

प्रतिक्रिया