ad ad

राजनीति


सहमतिका लागि ‘अन्तिम कोशिस’ गर्न प्रचण्ड बालुवाटारमा, सहयोगी नेतासहित छलफल सुरु

सहमतिका लागि ‘अन्तिम कोशिस’ गर्न प्रचण्ड बालुवाटारमा, सहयोगी नेतासहित छलफल सुरु

नेपालखबर
असार २१, २०७७ आइतबार ६:२८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानको अन्तिम प्रयास गर्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

 आइतबार बिहान राष्ट्रपतिलाई भेट्न पुगेका अध्यक्ष प्रचण्ड शीतलनिवासबाट सिधै बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री निवासमा दुई अध्यक्षबीच छलफल सुरु भइसकेको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिए।‘अहिले प्रधानमन्त्रीसँग छलफल सुरु भएको छ’, नेपालखबरसँग सापकोटाले भने।

उक्त छलफलमा शीर्ष नेताका साथमा अन्य नेताहरु पनि सहभागी रहेका छन्। छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल रहेका छन् भने प्रचण्ड समूहका तर्फबाट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि शुक्रबार भएको दुई अध्यक्षको छलफल विनानिष्कर्ष टुंगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .