ad ad

समाज


पाकिस्तानी स्टक एक्सचेन्जको भवनमा भारतले आक्रमण गराएको इमरान खानको आरोप

पाकिस्तानी स्टक एक्सचेन्जको भवनमा भारतले आक्रमण गराएको इमरान खानको आरोप

नेपालखबर
असार २१, २०७७ आइतबार ६:४२,

गतहप्ताको सोमबार भएको आक्रमणमा चारै बन्दुकधारी, एक प्रहरी सब इन्सपेक्टर र दुई सुरक्षा गार्डसहित दश जनाको मृत्यु भएको थियो।

पाकिस्तानको बलुचिस्तानस्थित सक्रिय चरमपन्थी समूह लिबरेसन आर्मी बीएलएले यस आक्रमणको जिम्मा लिएको छ। यद्यपी यस आक्रमण भारतले गराएको भनेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आरोप लगाएका छन्।

पाकिस्तानी संचारमाध्यमका अनुसार बीएलए र भारतबीच सम्बन्ध छ र पाकिस्तानका सबैलाई यस विषयमा जानकारी छ।

चीन–पाकिस्तान आर्थिक कोरिडर सीपेकको उद्घाटनपछि भारत बलुचिस्तानमा सक्रिय भएको र बीएलएकै मद्दतमा भारतले पाकिस्तानको स्टक एक्सचेन्जको भवनमा आक्रमण गराएको पाकिस्तानका संचारमाध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .