ad ad

राजनीति


पार्टीभित्रको रस्साकसीबीच प्रचण्ड, खनाल र नेपाल पुगे राष्ट्रपति निवास

पार्टीभित्रको रस्साकसीबीच प्रचण्ड, खनाल र नेपाल पुगे राष्ट्रपति निवास

नेपालखबर
असार २१, २०७७ आइतबार ५:४५,

सत्तारुढ नेकपाभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको खेमाबीच विवाद तीब्र भएका बेला प्रचण्ड र पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल तथा माधवकुमार नेपालसहितका नेताहरु राष्ट्रपति निवास पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निरन्तर परामर्शमा रहेका प्रधानमन्त्री ओलीले पार्टी विभाजन वा अरु केहि कदम चाल्नसक्ने संकेत गरिरहेका बेला अन्य शीर्ष नेताहरु राष्ट्रपति निवास पुगेका हुन्।

एक नेताका स्वकीय सचिवका अनुसार तीन नेताहरु राष्ट्रपति निवास शितल निवास पुगिसकेका छन्।

अहिले शितल निवासमा राष्ट्रपतिसंग नेताहरुको छलफल जारी रहेको र त्यहाँको छलफलपछि प्रचण्ड बालुवाटार प्रधानमन्त्रीसँग छलफल गर्न जाने प्रचण्डको सचिवालयले जनाएको छ।

‘अध्यक्ष र वरिष्ठ नेताहरु आधाघन्टादेखि राष्ट्रपतिसंग छ्लफलमा हुनुहुन्छ, समसामयिक विषयमा छलफल भैरहेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्रीहरुसंग दिएको अभिव्यक्तिको विषयमा कुरा भएको हो,’ प्रचण्डको सचिवालय स्रोतले भन्यो।

याे पनि: प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने : म बाइफोर्स स्टेप चाल्दैछु, तपाईंहरु कता लाग्ने निर्णय गर्नुस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .