सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमल्लि रहँदा पार्टीका केन्द्रीय सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गरेका छन्।
नेलसन मण्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईको सम्झना गर्दै उनले ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गरेका हुन्।
दक्षिण अफ्रिकी नेता नेलसन मण्डेला, तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी र कांग्रेस नेता कृष्णप्रसाद भट्टराई त्यागका प्रतिमुर्ति मानिन्छ्न्। उनीहरुले आफ्नो जीवनकालमा सहजै पद त्याग गरेर देशलाई निकास दिएका थिए।
उनले सामाजिक संजाल ट्वीटरमा पार्टी संकटमा परेको बेला त्याग गर्न नेताहरुलाई लाक्षणिक रुपमा आग्रह गरेका हुन्। आइतबार बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न् पुगिएछ ...... !’
— Yogesh Bhattarai (@yogesbhattarai) July 5, 2020किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न् पुगिएछ .....: !
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा नदिने अडान लिइरहँदा मन्त्रीसमेत रहेका भट्टराईले घुमाउरो पाराले प्रधानमन्त्रीले नै त्याग गर्नुपर्ने संकेत गरेको अनुमान लगाइएको छ।
पछिल्लो समय मन्त्री भट्टराई प्रधानमन्त्रीकै पक्षमा उभिँदै आएका छ्न्।

प्रतिक्रिया