ad ad

छापा खबर


काठमाडौं उपत्यकाका १६५ स्थान बाढीपहिरोको उच्च जोखिममा

काठमाडौं उपत्यकाका १६५ स्थान बाढीपहिरोको उच्च जोखिममा

नेपालखबर
असार २१, २०७७ आइतबार ३:४,

बाढी, पहिरो र डुबानका हिसाबले काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा देखिएका छन्।

गृह मन्त्रालयले तयार गरेको तथ्याकंअनुसार काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको देखिएका हुन्।

‘काठमाडौंमा मात्रै ३३ स्थानमा डुबान, ९ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किन सक्ने’ भनिएको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

यसैगरी, ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिम रहेको तथा भक्तपुरमा २२ स्थानमा डुबान, ८ स्थानमा बाढी र १३ स्थानमा पहिरो जान सक्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .