नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले समस्या जन्माउन सक्ने तर समधान गर्न नसक्ने आरोप लगाएका छन्।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बागमती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा विश्वमा कम्युनिस्टहरु हल्ला मच्याउने समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने बताए। उनले नेपालमा पनि कम्युनिस्टहरुले यो कुरालाई पुष्टि गरेको बताए।
नेता पौडेलले कम्युनिस्टहरु मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउदै अहिले कम्युनिस्टहरुले पाएको झण्डै दुर्इतिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गरे।
उनले दुईतिहाई बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताएँदै परिवर्तन संस्थागत गर्न र विकासको गति अगाडि बढाउनका लागि कम्युनिष्टहरुले पाएको दुईतिहाई मत समस्या बन्ने हो कि भन्ने शंका उत्पन्न भएको बताए। नेता पौडेलले मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरुको वैज्ञानिक समाजवाद हो भनि प्रश्नसमेत गरे।
विश्वका पुँजीवादी देशहरु र कम्युनिस्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पूँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने पौडेलको भनाइ थियो। पौडेलले गान्धीवाद समाजवाद नभए पनि गान्धीवादमा आधारित समाजवादले विश्वालाई जोगाउने तर्क गरे। उनले पूँजीवादीहरु राज्यका सवै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिष्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सृजना गरेकाले समस्या देखिएको बताए।
नेता पौडेलले नेपाली कांग्रेसले जोड घटाउन गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आर्दशनको राजनीति अवलम्बन गर्नुपर्ने बताए। उनले अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण हुने बताए।
उनले कम्युनिस्टहरु विभाजन भएर सत्ता प्राप्ति गर्ने कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सबै समस्या समाधान गर्ने मिसनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेको बताए। उनले १४ औं महाधिवेशन त्यो मिसनका लागि भिजन भएको कांग्रेस बनाउने बताए।

प्रतिक्रिया