नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २३२ जनामा कोरोना पुष्टि भएको बताए।
पछिल्लो २० घण्टामा ४ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ।
आज थपिएका २३२ जना कहाँ कहाँका?
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ७ जना: मोरङका १ जना, सिरहाका ६ जना
कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७ जना : इलामका १ जना, झापाका १ जना र मोरङका ५ जना
प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जना: झापाका ४ जना
गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जना : सप्तरीका ३६ जना र सिरहाका १५ जना
प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा १५ जनाः धनुषाका १५ जना
भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनाः चितवनका ६ जना, नवलपरासीपूर्वका ७ जना
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ८ जनाः बाग्लुङ र म्याग्दी ३-३ जना, स्याङजाका र तनहुँका १-१ जना
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ५ जनाः पाल्पाका ३ जना र प्यूठानका २ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा गरिएको परीक्षणमा ७ जना: बाँकेका ५ जना, रोल्पाका २ जना
दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा: १ जना
Shares

प्रतिक्रिया