तत्काल अनुसन्धान एजेन्सीको समीक्षा गरिनुपर्ने र चीनसँगको सीमा विवाद साम्य भएसँगै त्यसलाई व्यवस्थित गरिनुपर्ने बेदीको भनाइ छ।
जनरल बेदीले बीबीसीसँगको अन्तर्वार्ताका क्रममा भारतीय सेना र चिनियाँ सेनाबीच लद्दाख नजिकको गलवान उपत्यकामा झडप भएको बताउँदै यस विषयमा भारतीय अनुसन्धान एजेन्सीलाई ‘पूर्व जानकारी हुनुपर्ने थियो’ भन्ने धारणा राखे।
उनले भने,‘चिनियाँ सेनाको गतिविधिको बारेमा हाम्रा सेनालाई पहिल्यै जानकारी हुनुपर्ने थियो। यो विषयमा उनीहरुलाई कसरी जानकारी भएन सीमा विवाद साम्य भएपछि यस विषयमा अनुसन्धान हुन जरुरी छ। भविष्यमा हाम्रो प्रणाली सुधारका लागि पनि यसो गरिनुपर्छ। सेना भित्र मात्र नभएर देशको अनुसन्धान एजेन्सी र अन्य संस्थामा पनि अनुसन्धान हुन जरुरी छ। यस्तो अनुसन्धान कारगिलको आक्रमणपछि पनि गरिएका थियो जसका लागि विशेष टास्क फोर्स बनाइएको थियो।’
चीनले आक्रमक नीति अपनाएपछि आफ्ना २० सेनाको ज्यान गएको बेदीको भनाइ छ। यस घटनाले चीनले योजनाबद्द रुपमा यस्तो कदम चालेको संकेत गर्ने उनी बताउँछन्।
बेदी भन्छन्,‘मलाई लाग्छ चीन लामो समयदेखि आक्रमणको योजनमा लागि परेको थियो। मार्च र अप्रिल महिनादेखि चीनले तयारी गरेको हुनुपर्छ।’
के भारतका अनुसन्धान एजेन्सीहरुले योजनाबद्ध आक्रमणको बारेमा थाहा पाउन सक्दैनन्? भन्ने प्रश्नमा उनी भन्छन्,‘म यो भन्न सक्दिन कि यो अनुसन्धान एजेन्सीको विफलता हो। हामीले पनि चीनको खतरासँग जुध्न पूर्व तयारी गरेका थियौं। चीन सन्धि र सम्झौताअनुसार अगाडि बढ्ने ठानेका थियौं तर त्यसो भएन।’
जनरल बेदी मार्चसम्म भारतको सैन्य अनुसन्धान प्रमुख थिए। के त्यस बेलासम्म चिनियाँ योजनाबारे भारतलाई केही थाहा थियो?
यस प्रश्नमा उनी भन्छन्,‘हामीलाई चीनले गर्ने प्रत्येक गतिविधि जस्तै पूर्वाधार निर्माण, सैन्य अभ्यास अथवा कुनै असामान्य गतिविधि सबैको बारेमा थाहा थियो। मार्चसम्म चिनियाँ सैनिकको अभ्यासको बारेमा केही संकेत प्राप्त भएको थियो।’
चीनको अनुसन्धान र अनुगमन एजेन्सीको क्षमताको बारेमा बेदीको भनाइ के छ? यस विषयमा बेदी भन्छन्,‘चीनसँग कुनै शंकाबिना धेरै जनशक्ति छ। समय सँगसँगै चीनले आफ्नो सैन्य क्षमतामा पनि धेरै सुधार ल्याएको छ। चीनसँग भारतभन्दा तीन–चार गुण भू–उपग्रह छन्। त्यसैले यो स्पष्ट छ कि चीनको क्षमता यस समय धेरै छ तर म यो भन्दिन कि चीनको तुलनामा हामी धेरै अभावको सामना गरिरहेका छौं। भारतले समयसँगै आफ्नो क्षमता विकास गरेको छ।’
वर्तमान समयमा भारत र चीनबीच गहिरो तनावको स्थिती छ, के भारतका उपग्रहहरुले सिमानाको स्पष्ट तस्बिर दिन सक्छन्? भन्ने प्रश्नमा बेदी भन्छन्,‘हाम्रो भू–विशेष संसाधनहरू पछिल्ला आठ–नौ बर्षमा धेरै वृद्धि भएको छ। तर हामी चाहेको स्तरमा पुगेका छौं भन्न पनि मिल्दैन। भूउपग्रहहरु यस्तो हुनुपर्छ जसले सबै मौसममा भूमिको स्थितीको जस्ताको त्यस्तै जानकारी दिन सकोस्।’ बीबीसीहिन्दी

प्रतिक्रिया