जापानले शुक्रबार भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण तवरबाट अन्त्य हुनुपर्ने विश्वास व्यक्त गर्दै वास्तविक नियन्त्रण रेखा ‘एलएसी’को यथास्थिती परिवर्तनको प्रयासलाई विरोध गरिने बतायो।
भारतले जापानलाई लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा चिनियाँ सेनासँग झडप हुनुको कारण ब्रिफिङ गरेको थियो। चीनका सेना भारत नियन्त्रित क्षेत्रमा घुसेको भारतले जापानसँग बताएको थियो।
भारतले सो क्रममा झडप भएदेखि चिनियाँ सेनाले वास्तविक नियन्त्रण रेखाको यथास्थितीको नियम परिवर्तन गर्न खोजिरहेको आरोप लगाएको थियो।
शुक्रबार भारतका लागि जापानी राजदूत सतोषी सुजुकीले ट्वीटमा भनेका छन्,‘भारतका विदेश सचिव हर्ष वर्दनसँग कुराकानी भयो। एलएससीको बारेमा जानकारी दिएकोमा साथै भारत सरकारले लिएको शान्ति नीतिको म प्रशंसा गर्दछु। जापान पनि दुई देशको विवाद संवादबाट होस् भन्ने चाहन्छ। तर जापानले सीमामा यथास्थितीको नियम बदलावको विरोध गर्दछ।’
— Satoshi Suzuki (@EOJinIndia) July 3, 2020Had a good talk with FS Shringla. Appreciated his briefing on the situation along LAC, including GOI’s policy to pursue peaceful resolution. Japan also hopes for peaceful resolution through dialogues. Japan opposes any unilateral attempts to change the status quo.
जापान पूर्वी एसियामा भारतको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार हो। यसका साथै जापान एसिया प्रशान्त क्षेत्रमा अमेरिका, अस्ट्रेलिया तथा भारतसँगको रणनीतिक साझेदारीमा पनि समावेश छ।
जापानले यसअघि हङकङको विषयमा पनि चीनको विरोध गरेको थियो। जापानले चीनले हङकङका लागि सुरक्षा कानुन बनाएर एक देश दुई प्रणाली कमजोर बनाएको अरोप लगाएको थियो।
जापान, अमेरिका, अस्ट्रेलियासँगै युरोपका कयौं देशले पनि भारत र चीनबीचको सीमा विवादमा भारतको साथ दिएका छन्। हालैका दिनमा भारतले फ्रान्स, जर्मनी, अमेरिका र रुस लगायतका मूलुकसँग सम्वाद गरिरहेको छ। एजेन्सी
Shares

प्रतिक्रिया