राजनीति


नेकपा स्थायी समिति बैठक फेरि स्थगित, प्रवक्ता श्रेष्ठले भनेः पार्टी एकतामा संकट उत्पन्न भयो

नेकपा स्थायी समिति बैठक फेरि स्थगित, प्रवक्ता श्रेष्ठले भनेः पार्टी एकतामा संकट उत्पन्न भयो

नेपालखबर
असार १८, २०७७ बिहिबार १०:५३,

नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ।

आज ३ घण्टा रोकिएर भर्खरै सुरु भएको बैठक पुनः स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठक स्थगित भएको जानकारी दिँदै श्रेष्ठले सत्तारुढ नेकपामा खतरा उत्पन्न भएको समेत बताएका छन्।

प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा गम्भीर समस्या बढेको र त्यसले एकतामा खतरा उत्पन्न गरेको छ।’

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको वर्षे अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरेपछि बिहीबार बिहान बसेको स्थायी समिति बैठकमा एकछिन होहल्ला समेत भएको थियो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश ल्याउनुको कारण माग गरेपछि ओलीले अध्यादेश ल्याउने तयारी नभएको बताएका थिए। तर, संसद अधिवेशन नै अन्त्य गरेको भन्दै तीव्र असन्तुष्टि जनाएपछि बैठक रोकिएको थियो।

अब स्थायी समिति बैठक पर्सि शनिबार बस्ने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad