काठमाडौँ उपत्यकामा पछिल्लो समय दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ३२ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ललितपुरका १ पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भक्तपुरका २ पुरुष, काठमाडौँका १७ महिला र ११ पुरुष र ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज संक्रमण पुष्टि हुनेमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या ५ हजार ३२० पुगेको छ।

प्रतिक्रिया