राजनीति


नेकपा नेतालाई थापाको सुझाब : जनताले ५ वर्षका लागि बहुमत दिएका हुन, मिलेर काम गर्नुहोस्

नेकपा नेतालाई थापाको सुझाब  : जनताले ५ वर्षका लागि बहुमत दिएका हुन, मिलेर काम गर्नुहोस्

नेपालखबर
असार १७, २०७७ बुधबार ७:५७,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपालाई जनताले ५ वर्षका लागि बहुमत दिएको हुँदा आपसमा मिलेर काम गर्न सुझाब दिएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला र पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेताहरुले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरिरहेका बेला अध्यक्ष थापाले आपसमा मिलेर काम गर्न सुझाब दिएका हुन्।

उनले भारतसँग सीमा विवाद उत्कर्षमा पुगेको कोरोनाको महामारी फैलिएको र अर्थतन्त्र धरासायी बन्दै गइरहेका बेला नेकपा सत्ता संघर्षमा अल्मलिनु दुर्भाग्यपूर्ण भएको बताए।

‘सीमा विवाद चरमोत्कर्षमा पुगेको, कोभिड–१९ महामारी व्यापक भएको र अर्थतन्त्र धराशायी हुँदै गएको बेला सिंगो देश एकजुट हुनुपर्नेमा सत्तारुढ दल सत्तासंघर्षमा अलमलिनु दुर्भाग्यपूर्ण छ’, बुधबार सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘५ वर्षका लागि जनताले बहुमत दिएका हुन्। आपसमा मिलेर काम गर्नुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad