राजनीति


बुधबार बोल्ने पाँचमध्ये कसैले सिधै, कसैले घुमाउरोरुपमा मागे ओलीको राजीनामा, मन्त्री याेगेश मध्यमार्गी

बुधबार बोल्ने पाँचमध्ये कसैले सिधै, कसैले घुमाउरोरुपमा मागे ओलीको राजीनामा, मन्त्री याेगेश मध्यमार्गी

नेपालखबर
असार १७, २०७७ बुधबार ७:५५,

स्थायी कमिटीको बुधबारको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग उठेको छ।

बालुवाटारमा करिब एक घण्टा चलेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी नेतृत्व असफल भएको भन्दै नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन्।

एक स्थायी कमिटी सदस्यका अनुसार बुधबार बोल्ने पाँच जना सदस्यमध्ये मातृका यादवले सबैभन्दा जोडदाररुपमा प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

यादवले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने बताएका थिए।

पेशल खतिवडाले सरकारको नेतृत्व असफल भएको भन्दै त्यसप्रति जिम्मेवारी लिनुपर्ने बताएका थिए।

मन्त्री समेत रहेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने मध्यमार्गी धारणा राखेका थिए।

‘मातृकाले राजीनामा दिनुपर्ने स्पष्टसँग बताउनु भएको थियो भने केहीले जिम्मेवारी लिनुपर्छ भनेर घुमाउरो रुपमा कुरा गर्नुभयो। मन्त्री भट्टराईले मध्यमार्गी कुरा गर्नु भएको थियो,’ स्थायी कमिटीका एक सदस्यले भने।

बुधबार योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडा पाँच जनाले धारणा राखेका थिए।

बैठकमा बोल्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले प्रधानमन्त्री पदकै गरिमालाई घटाएको बताएका थिए।

‘यदि भारत र नेपालका मानिस मिलेर प्रधानमन्त्री हटाउन खोजेका हुन भने कारवाही गर्नुपर्छ। तर प्रधानमन्त्रीको मर्यादाले पनि त्यसरी बोल्न मिल्दैन। त्यसले हाम्रो सार्वभौमिकतालाई मात्रै अपमान गरेको छैन। त्यसले पराश्रयी भएकाे समेत देखाएको छ,’ बैठकमा राखेको आफ्नो भनाईबारे पोखरेलले नेपालखबरसँग भने, ‘यसले जनतामा रहेको सार्वभौमिकतालाई अपमान गरेको छ।’

त्यसैगरी पोखरेलले समाजवादउन्मुख सरकारको आर्थिक विषयको नेतृत्व (अर्थमन्त्री) भने नवउदारवादीको महारथीलाई जिम्मा लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बैठकमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्रीले राखेका विचार, सरकार हटाउन भारत सक्रिय भएको र त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको भन्ने प्रधानमन्त्रीको भनाई र दुई दिनअघि निर्वाचन आयोगमा नेकपा-एमाले दर्ता गर्न आवेदन परेको भनिएको सम्बन्धमा सदस्यहरूले बहस गरेका थिए।

कृषी मन्त्री घनश्याम भुसालले संसदमा बैठक भएका कारणले गर्दा बुधबारको बैठक स्थगित गरिएको बताए।

याे पनि: पाँच जनाले बोलेपछि स्थायी कमिटी बैठक भोलिसम्म स्थगित

दर्जन बढी स्थायी कमिटी सदस्यसँग प्रधानमन्त्रीको आग्रहः मेरो पक्षमा बोलिदिनुस्

अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्रीको राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad