समाज


भारतमा कोरोनाबाट मृत्यु भएकाको शव फोहोर फ्याँके जसरी खाल्डोमा फालियो (भिडियो)

भारतमा कोरोनाबाट मृत्यु भएकाको शव फोहोर फ्याँके जसरी खाल्डोमा फालियो (भिडियो)

नेपालखबर
असार १७, २०७७ बुधबार ८:२,

बीबीसीका अनुसार कर्नाटक राज्यमा कोरोनाबाट मृत्यु भएका मानिसहरुलाई फोहोर फ्याँके जसरी फ्याँकिएको भन्दै मानिसहरु कर्नाटक सरकारसँग रुष्ट बनेका छन्।

भिडियोमा देखिएअनुसार प्लास्टिकमा पोका पारिएका मानिसहरुलाई खाल्डोमा लापारवाही तवरले फ्याँकिएको छ।

कोरोना प्रकोपपछि हाल विश्वभर संक्रमितको शवलाई सुरक्षित तवरबाट खाल्डोमा पुरिन्छ। तर कर्नाटकमा मानिसलाई फोहोर फ्याँकिएको जसरी खाल्डोमा फालेको देखिएको छ।

हाल भारतमा मानिसहरुले मरेको मान्छेलाई पनि सम्मान गर्नुपर्ने आवाज उठाइरहेका छन्। मृत मानिसलाई फोहोर सरह फ्याँक्न नहुने र यो कार्य निकै क्रुर भएको बताइएको छ।

स्थानीय प्रशासनले उक्त भिडियो सार्वजनिक भएपछि माफी मागेको छ। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad