सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा देखिएको कुर्सी बस्ने स्थानसम्बन्धी विवाद हल भएको छ।
शीर्ष नेताहरुलाई पनि अन्य सदस्यहरु सँगै राखेपछि तत्कालका लागि देखिएको विवाद हल भएको हो।
नेकपा बैठकको पहिलो दिन
स्थायी समितिको यसअघि तीन दिन बसेको बैठकमा दुई अध्यक्षसहित वरिष्ठ नेता, उपाध्यक्ष र सचिवालयका अन्य सदस्यहरु मञ्चमा र स्थायी समितिका सदस्यहरु अलि तल राखिएको थियो।
बैठकको दोस्रो र तेस्रो दिन
सचिवालय सदस्यहरु मञ्चमा रहे पनि दुई अध्यक्षका लागि र अन्य सदस्यहरुका लागि भिन्दाभिन्दै व्यवस्था गरिएको थियो। यसले नेताहरुबीच विभेद कायम गरेको भन्दै केही नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए।
बैठकको चौथो दिन
मंगलबार बैठक सुरु भएपछि नेताहरुबीचमै विभेद देखिएको भन्दै एकरुपता कायम गर्न माग भएपछि सबैलाई एकै ठाउँमा राखिएको हो।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्विरमा दुई अध्यक्षसहित वरिष्ठ २ नेता र उपाध्यक्ष एउटै लाइनमा छन् भने सचिवालयका अन्य नेताहरु स्थायी समितिका सदस्यसँगै मिलाइएको कुर्सीमा बसेका देखिन्छन्।

प्रतिक्रिया