राजनीति


चिनियाँ रणनीतिकारले सरकारलाई भनेः युद्धको खतरा बढेको छ, तयार रहनु

चिनियाँ रणनीतिकारले सरकारलाई भनेः युद्धको खतरा बढेको छ, तयार रहनु

नेपालखबर
असार १३, २०७७ शनिबार १२:४४,

चिनियाँ सेनाका रणनीतिकारहरुले सरकारलाई सीमा विवाद चर्किने र त्यसले चीन र भारतजस्ता परमाणु हतियार सम्पन्न देशलाई युद्धमा धकेल्ने सम्भावना भएको भन्दै सजग रहन सुझाव दिएको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार उनीहरुले युद्ध भड्किने सम्भावना भएकाले सरकारालई आवश्यक तयारी गर्न पनि सुझाव दिएको बताइएको छ।

गतहप्ताको सोमबार चीन र भारत दुवैले दाबी गर्दै आएको गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

चिनियाँ सेनाको अवस्थाको बारेमा भने केही जानकारी प्रदान गरिएको छैन। चीनले उक्त घटना हुनुमा भारत दोषी भएको बताउँछ। उता भारत पनि चीनकै कारण झडप भएको बताउँछ।

दुवै देशका सेनाले आफ्नो देशको नियन्त्रणमा रहेको भूमिमा प्रवेश गरेपछि झडप भएको प्रतिक्रिया दिएका छन्।

(विवादित क्षेत्रमा भारतीय यद्धक विमान)

चिनियाँ जनमुक्ति सेनाका सेवानिवृत्त सदस्यहरुले भारतको सीमामा खटिने आफ्ना सेनालाई अझ शक्तिशाली हतियार प्रदान गर्न सुझाव दिएका छन्।

उनीहरुले तनाव चर्कनसक्ने भएकाले चिनियाँ सेनाले त्यसको पुरा तयारी गर्नुपर्ने बताएका छन्।

चिनियाँ सेनाका सेवानिवृत्त हवाईसेना कायो लियाङ भन्छन्, ‘दुई देशबीच ठूलो युद्धको सम्भावना कम भएपनि चीनले युद्धको तयारी गर्न भने आवश्यक छ।’

‘गम्भीर द्वन्द्व निम्तन सक्छ, त्यसैले पूर्व तयारी गरिरहनुपर्छ’, उनी भन्छन्, ‘यदी युद्ध भइहाले हामीले चाँडै आक्रमण गर्नुपर्छ।’

यस्ता साना र मध्यम युद्ध जिते अमेरिका र स्वतन्त्र ताइवान चाहनेहरुलाई झट्का लाग्ने उनको भनाइ छ।

यस्तै चिनियाँ जनमुक्ति सेनाका पूर्व नौसेना तथा नौसेनाविज्ञ वाङ युनफीका अनुसार बेइजिङले फ्रन्टलाइनका सेनालाई धेरै शक्ति प्रदान गर्न जरुरी छ।

उनी भन्छन्, ‘सिमानामा हामीले शसक्त निगरानी गर्नुपर्छ, जसका कारण भारतीय सेनाको कुनैपनि अवैध गतिविधिलाई हामीले चाँडो प्रतिकार गर्नसक्छौं।’

भारतीय सेनाले वास्तविक नियन्त्रण रेखा पार गरेर धेरैपटक चीनले बनाएको संरचना भत्काएको पनि वाङको आरोप छ।

(तिब्बतमा चिनियाँ सेनाको सैन्य अभ्यास)

गत सोमबारको घटनापछि भारतले गलवान उपत्यका नजिकका एयरबेसमा युद्धक विमानहरु बढाएर तैनाथ गरेको खबरहरु आएका छन्। भारतीय सेनलाई हतियार प्रयोग गर्ने या नगर्नेबारे आफैं निर्णय गर्न छुटसमेत प्रदान गरिएको बताइएको छ।

यसबीचमा भारतीय सेनाले विवादित क्षेत्रमा युद्धक विमान तथा हेलिकप्टरबाट गस्ती गरेको भिडियोहरु सार्वजनिक भएका छन्।

चिनियाँ सेनाले पनि यो एक हप्ताको अन्तरालमा ३ पटक तिब्बतमा सैन्य अभ्यास गरिसकेको चिनियाँ संचारमाध्यमले बताएका छन्।

चीन र भारत दुवै परमाणु हतियार सम्पन्न राष्ट्र हुन्। चिनियाँ विज्ञहरुले भारतसँग पनि अत्याधुनिक हतियार भएकाले भारतको शक्तिलाई नजरअन्दाज नगर्न चेतावनी दिइरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad