समाज


अनुगमनमा गएका अधिकारी भन्छन्ः निजगढमा सलहको भयावह अवस्था देखिएन

अनुगमनमा गएका अधिकारी भन्छन्ः निजगढमा सलहको भयावह अवस्था देखिएन

नेपालखबर
असार १३, २०७७ शनिबार १२:४९,

शनिबार बिहानै बाराको निजगढमा ठूलो संख्यामा बालीनाली नष्ट गर्ने सलह किरा देखिएको खबर सार्वजनिक भएपछि सो क्षेत्रमा अनुगमनका गएका अधिकारीहरुले तत्काल उक्त क्षेत्रमा भयावहको अवस्था नरहेको बताएका छन।

निजगढ नगरपालिकाकाको वडानम्बर ९ र वडानम्बर १३ मा मुख्य गरी सलहको झुन्ड देखिएको स्थानीयले बताएका थिए। वडानम्बर १३ का अध्यक्ष सुर्य घलानले आफ्नो क्षेत्रमा बिहान लाखौंको संख्यामा सलह देखिएको र बालीनाली नष्ट गर्न थालेको बताएका थिए।

सो स्थानमा सलह बालीमा बसेको तथा उडेको फोटो तथा भिडियो पनि सार्वजनिक भएको थियो। त्यसपछि अनुसन्धानका लागि दिउँसो उक्त क्षेत्रमा पुगेका क्षेत्रीय कृषि अनुसन्धान परिषद्, बाराका निर्देशक केशव श्रेष्ठसहितको टोलीले भने ठूलो संख्यामा सलह नदेखिएको जनाएको छ।

‘हामी भर्खरै दुबै वडाको अनुगमन गरि फर्कियौं। स्थानीयले भने जस्तो ठूलो संख्यामा सलह देखिएन,’ बाराबाट नेपालखबरसँग श्रेष्ठले भने, ‘ठूलो संख्यामा नदेखिएपछि भयावहको अवस्था अहिलेलाई रहेन। हामी पुग्ने बेला(दिउँसो) सलहको बास बस्ने बेला हैन। या त उडेको हुनुपर्ने हो या त खाइरहेको अवस्था हुनुपथ्र्यो। तर फाट्फुट्ट मात्रै देखिएका छन। हामीले केही अनुसन्धानका लागि लिएर आएका छौं।’

निजगढसँगै सिमरामा पनि सलह देखिएको खबर आएकाले अनुगमन टोली अहिले त्यसतर्फ लागेको छ।

सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पु¥याउँछ। सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले शनिबार आकस्मिक रुपमा बैठक समेत बोलाएको थियो।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको एक वर्गकिमीको समूहले ४ देखि ८ करोडसम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन्। यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको खाद्यान्न नष्ट गर्नसक्ने बैज्ञानिकहरुले बताएका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad