राजनीति


अमेरिकामा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई प्रतिबन्ध लगाउने तयारी

अमेरिकामा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई प्रतिबन्ध लगाउने तयारी

नेपालखबर
असार १३, २०७७ शनिबार १:२०,

अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अधिकारीलाई भिसामा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका हुन्।

राष्ट्रिय सुरक्षा कानुन ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै बेइजिङका नेताहरूलाई भिसा नदिने तयारी गरिएको उनको भनाइ छ।

नयाँ प्रतिबन्ध सीपीसीका वर्तमान तथा पूर्व अधिकारीलाई लगाइने विदेशमन्त्री पोम्पेओले बताए।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताएका थिए। सोहीअनुसार विदेशमन्त्रीको अभिव्यक्ति आएको हो।

केही दिनपछि चीनको नेसनल पिपुल्स कंग्रेस- संसद् बैठक बस्दै छ। नेसनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले नयाँ सुरक्षा कानुनमाथि छलफल गर्ने छ। बैठक आइतबार सुरु हुनेछ ।

नयाँ सुरक्षा कानुनअनुसार चीनले हङकङमा पहिलोपटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दै छ। यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन्।

‘एक देश दुई प्रणाली’ अन्तर्गत चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ लोकतान्त्रिक व्यवस्था अनुसार चलेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad