समाज


आज दर्जनभन्दा बढी जिल्लाका नदीमा बाढी आउने सम्भावना

आज दर्जनभन्दा बढी जिल्लाका नदीमा बाढी आउने सम्भावना

नेपालखबर
असार १३, २०७७ शनिबार १:३२,

आज (शनिबार) पूर्वदेखि पश्चिमसम्म दर्जनभन्दा बढी जिल्लाका खोला÷नदीमा बाढी आउने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ५ बजे जारी गरेको सूचनाअनुसार पछिल्लो ६ घण्टायता इलाम, झापा, मोरङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास मध्यमदेखि भारी वर्षा भएको छ।

जसका कारण ती जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव आउने सम्भावना छ। तसर्थ ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

याे पनि: आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना, भोलि अझ बढ्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad